• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रन्जिताको रेशम लक्षित टिप्पणी: आफ्नो छोरा र श्रीमतीको जिम्मेवारी पूरा गर्न नसक्नेले चुनाव जिते पनि सार्वजनिक जिम्मेवारी कसरी सम्हाल्ला ?


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ६ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रन्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरीप्रति कडा प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमा छोरासँगको तस्बिर साँझा गर्दै पारिवारिक जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्तिले सार्वजनिक पद सम्हाल्न सक्दैन भनेर प्रश्न गरेकी हुन्।

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न छोरीको हातबाट टीका लगाएर उम्मेद्वारीका लागि निर्वाचन आयोगतर्फ लागेको तस्विर सार्वजनिक गरेपछि श्रेष्ठले आफ्नै छोरा बिरामी हुँदा अस्पतालमा भेट्न नआउने, बोलीमा स्पष्टता नदेखिएको र डर तथा बहानाको आडमा लुकेको आरोप लगाउँदै यस्तो व्यक्तिले चुनाव जितेर के पाउँछ भन्दै प्रश्न गरेकी छन्।

घरभित्रको पीडा नदेख्ने आँखाले देशको दुःख नदेख्ने र परिवारको विश्वास जोगाउन नसक्ने हातले सार्वजनिक जिम्मेवारी सम्हाल्न नसक्ने उनको भनाइ छ। उनले अन्त्यमा सत्ता जित्नु ठूलो कुरा नभई पहिले मान्छे बन्नु नै ठूलो कुरा भएको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्,’आफ्नै छोरा र श्रीमतीको जिम्मेवारी पूरा गर्न नसक्ने मान्छेले नजिकै हुँदा पनि बिरामी छोरालाई अस्पतालमा भेट्न नआउने, बोल्ने बेला बोलीको ठेगान नहुने, डर र बहानाको आडमा लुक्नेले चुनाव जितेर के पाउँछरु घरभित्रको पीडा नदेख्ने आँखाले देशको दुख कहाँ देख्लारु आफ्नै परिवारको विश्वास जोगाउन नसक्ने हातले सार्वजनिक जिम्मेवारी कसरी सम्हाल्लारु सत्ता जित्नु ठूलो कुरा होइन, पहिला मान्छे बन्नु ठूलो कुरा हो।‘

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖