काठमाडौ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका दुई जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी परेको हो।
राजीव खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको र जानुका पाठकविरुद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको आरोपसहित नवीनकुमार महतले उजुरी दर्ता गराएका हुन्।
निर्वाचन अधिकृत राधिका सुवालका अनुसार दुबै उजुरीमाथि भोलि छानबिन हुनेछ। उजुरीकर्ता र सम्बन्धित उम्मेदवारलाई प्रमाणसहित उपस्थित हुन बोलाइएको छ।
