• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

तनहुँमा उज्यालोले गर्‍यो रास्वपालाई समर्थन


  • धनकुटा खबर
  • .

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार श्रीराम न्यौपानेलाई समर्थन गर्दै उज्यालो नेपाल पार्टीका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् ।

तनहुँ –२ बाट उम्मेदवारी दिएका उनले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

‘व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको तीतो यथार्थलाई चिर्न अबको संसद्‌मा नयाँ शक्तिको एकमुष्ट र बलियो उपस्थितिको खाँचो छ,’ उनले भने, ‘सहिदहरूको बलिदानको सम्मान र आर्थिक समृद्धिको साझा सपना पूरा गर्न, मत विभाजन रोक्दै पुस्तान्तरणको औचित्य पुष्टि गर्नका लागि मैले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) लाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छु ।’

नयाँ शक्तिहरू प्रतिस्पर्धा गर्दा पुरानै दल हाबी हुन सक्ने उनको निष्कर्ष छ ।

‘नयाँ शक्तिहरू आपसमा प्रतिस्पर्धा गर्दा फेरि पनि पुरानै प्रवृत्ति र अस्थिरताले प्रश्रय पाउने खतरा देखेर मैले यो निर्णय लिएको हुँ,’ अघि थपे, ‘जेनजी विद्रोहको जगमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न र देशलाई पुनः सत्ताको फोहोरी खेलमा फस्न नदिन हामी नयाँहरू जुधेर होइन, जुटेर अघि बढ्नुपर्छ भन्ने मेरो निष्कर्ष छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖