काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
