• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर भएको भन्दै प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन आग्रह गरेको हो । उनीहरूको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार,११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।

प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिन भित्र आफू गैरहाजिर हुनुको कार खुलाएर सन्तोषजनक स्पष्टीकरण जबाफसहित उपस्थित नभए नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖