• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौ ।।संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन्।

असंवैधानिक रुपमा बिघटन गरेको संसद बैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ।

उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट संसद पुनःस्थापना होस् भन्ने आफूहरुको मुख्य माग रहेको जनाएका छन्। देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖