• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालेनको सुकुम्बासी बयानमा ज्योति मगरको व्यंग्य : ‘…लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै भो


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ २१ । गायिका ज्योति मगरले काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र शाहले दोहोरो चरित्र देखाएको आरोप लगाएकी छिन्। बालेनमाथी काठमाडौं महानगरको प्रमुख हुँदा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर फुटपाथका गरिबलाई लखेटेको आरोप लाग्ने गरेको छ। तर मंगलबार झापाको कमल गाउँपालिकास्थित सुकुम्बासी बस्ती पुगेका उनले नयाँ तर्क प्रस्तुत गरेका छन्।

झापा पुगेर स्थानीय सुकुम्बासीहरूसँग कुराकानी गर्दै उनले काठमाडौंमा बाढीबाट जोगाउन सुकुम्बासीलाई व्यवस्थापन गर्न खोजेको प्रस्टीकरण दिएका थिए। साथै झापाका सुकुम्बासीलाई हटाउने कुनै योजना नरहेको र लामो समयदेखिको यो समस्या समाधान गर्ने प्रतिबद्धता गरेपनि उनको भनाइलाई लिएर गायिका मगरले सामाजिक सञ्जालमा तीव्र व्यंग्य गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘काठमाडौ महानगरको भोटरहरूको मन जित्न हिजो महानगर वरपरका सुकुम्बासीलाई र फुटपाथका गरिब लाई लखेटेका, भड्काएका मेयर सापले आज झापाका सुकुम्बासीलाई बाढी बाट जोगाउन व्यवस्थापन गर्न खोजेको भन्ने भाष्य सिर्जना गरेको देख्दा हग्नेलाई भन्दा देख्‍नेलाई लाज भने जस्तै भो।’

उनले अगाडि लेखेकी छिन्, ‘समय समय कि बात है भाइ‘ हिजो काठमाडौका हुकुम्बासी फकाउन सुकुम्बासीमा डोजर चलाए आज झापामा त्यही सुकुम्बासी को भोट चाहियो‘’।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖