• Sunday 4th of October 2026

म सँग एक भोट छ , यो भोट माग्ने तपाईंसँग आधार के छ ?:अभिनेता दयाहाङ राई


  • धनकुटा खबर
  • .

काठमाडौं । अघिल्लाभन्दा यसपटक कलाकारलाई चुनाव लागिरहेको छ । फरक यत्ति हो- कोही खुलेरै उम्मेदवार बनेका छन् । कोहीले खुलेरै दलीय पक्षधरता देखाएका छन् भने कोहीले तटस्थ ढंगले राजनीतिक अभिव्यक्ति दिइरहेका छन् ।

समानता एउटै छ- सबैलाई चुनावी गर्मीले छोएको पक्का छ ।

यो मेसोमा अभिनेता दयाहाङ राईले भने भोट माग्ने आधार के छ भन्दै चुनाव लडिरहेका दललाई प्रश्न गरेका छन् । चुनावको भाइब्स दिने (सम्भवतः कबड्डी ५ छायांकनको फोटो हुनसक्छ) लाई फेसबुकमा सेयर गर्दै दयाहाङले प्रश्न सोधेका हुन् ।

उनी लेख्छन्, ‘देशमा चुनाव आईराछ । मसँग एक भोट छ । यो भोट माग्ने तपाईंसँग आधार के छ ?’

कुनै दलीय पक्षधरता नदेखाउँदै मतदाताको रुपमा दयाहाङले दललाई प्रश्न सोधेका छन् । कलाकार धमाधम राजनीतिक दलतर्फ खुलिरहँदा राईले भने भोट माग्ने आधार खोजेका हुन् ।

उनको यो स्टाटसमा अनेकौं खाले प्रतिक्रिया आइरहेका छन् । कतिपयले कुनै उम्मेदवार र कतिपयले यो चुनाव चिन्हमा भोट हाल्नुपर्ने भन्दै दयाहाङलाई कमेन्टमार्फत आग्रह गरिरहेका छन् । सरकारले २१ फागुनलाई प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ ।

कामको कुरा गर्दा, दयाहाङले हालै ‘कबड्डी ५’ को छायांकन पूरा गरेका छन् । स्रोतका अनुसार, यो फिल्मलाई चुनाव पछि नै प्रदर्शनमा ल्याउने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖