• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इन्जिनमा आगो लागेपछि डाइभर्ट भएको टर्किस एयरको जहाज कलकत्तामा सकुशल अवतरण


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंबाट टर्कीको इस्ट्यानबुलका लागि उडेको जहाज इन्जिनमा आगो लागेपछि कलकत्ता डाइभर्ट भएको जहाज नेपाली समयअनुसार अपराह्न ३ः०३ मा विमानस्थलमा सकुशल अवतरण गरेको छ।

कलकत्ता डाइभर्ट भएको जहाज नेपाली समयअनुसार अपराह्न ३ः०३ मा विमानस्थलमा सकुशल अवतरण गरेको हो। जहाजमा २२५ यात्रु र चालक दलका ११ गरी जम्मा २३६ जना रहेका थिए।

काठमाडौंबाट दिउँसो १३ः२९ मा विमानले उडान भरेको टीके–७२७/ए३३३ उडान नम्बरको जहाजको दायाँ इन्जिनमा ‘फायर रिपोर्टिङ’ भएको कार्यालयले उल्लेख गरेको छ।

काठमाडौं एप्रोच कन्ट्रोलमा उक्त रिपोर्टपछि जहाज कलकत्ता डाइभर्ट भएको विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖