• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सडक र पुलको तस्बिर बेचेर भोट माग्दिनँ, सिंहदरबारको ‘विष’ फाल्न आएको हुँ:रबि


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू एकाध सडक र पुलका तस्बिर बेचेर भोट माग्ने परम्परागत राजनीति गर्न नआएको बताएका छन्।

बिरामी भएर केही दिन अस्पतालको बसाईपछि मंगलबार सार्वजनिक जीवनमा फर्किएका लामिछानेले सामाजिक संजालमार्फत् अबको आफ्नो लडाइँ कस्मेटिक विकासमा नभई सिंहदरबारभित्रको कुशासन विरुद्ध हुने उद्घोष गरेका हुन्।

‘एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन। म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछु।’ उनले भने।

उनले दलका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्नका लागि आफूले जनतासँग म्यान्डेट मागेको सुनाए।

‘कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्यान्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन,’ लामिछानेले भनेका छन्, ‘वर्षौँअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन।’

आगामी फागुन २१ गतेलाई नेपाली इतिहासको माइलस्टोन बताउँदै लामिछानेले अब बन्ने संसदमा पुरानो प्रवृत्तिको कुनै गुन्जायस नहुने जिकिर गरे। ‘फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ,’ उनले भने, ‘सर्प त एउटा पनि पाल्न सकिँदैन।’

उनले राजनीतिलाई भारी-भरकम शब्दजालमा नअल्झाउन आग्रह गर्दै प्राप्त उपलब्धि र लोकतन्त्र जोगाउने जिम्मा कुनै अमुक नेताको नभई जनताको भएको स्पष्ट पारे।-नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖