• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रेशम चौधरीलाई झड्का


  • धनकुटा खबर
  • .

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन्। उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि चौधरीको चुनावी बाटो बन्द भएको हो। आइतबार भएको सुनुवाइपछि सर्वोच्च अदालतले निर्वाचन अधिकृतको निर्णय यथावत् रहने ठहर गरेको छ।

कैलाली–१ का निर्वाचन अधिकृतले कानुनी कारण देखाउँदै चौधरीको उम्मेदवारी खारेज गरेका थिए। सो निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका थिए र आफूलाई उम्मेदवारी दिन पाउने गरी अन्तरिम आदेश माग गरेका थिए। तर अदालतले अन्तरिम आदेश दिन नमिल्ने ठहर गर्दै निर्वाचन अधिकृतको निर्णयलाई सदर गरेको हो।

सर्वोच्च अदालतको यस निर्णयसँगै रेशम चौधरी आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट उम्मेदवार बन्न नपाउने निश्चित भएको छ। यस निर्णयलाई नागरिक उन्मुक्ति पार्टीका लागि ठूलो झट्काका रूपमा हेरिएको छ। पार्टीभित्र अब वैकल्पिक उम्मेदवार चयन गर्ने विषयमा छलफल सुरु हुने संकेत देखिएको छ।

चौधरी यसअघि पनि कानुनी तथा राजनीतिक विवादका कारण चर्चामा रहँदै आएका थिए। सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि कैलाली–१ को चुनावी समीकरणमा समेत प्रभाव पर्ने देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖