• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा उम्मेदवार यसरी परे सहकारी पीडितको घेराउमा


  • धनकुटा खबर
  • .

रुपन्देही क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रम गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अधिवक्ता सुलभ खरेल सहकारी पीडितको घेराउमा परेका छन्।

भोट माग्दै बुटवलका विभिन्न स्थानमा पुगेका खरेलसँग सहकारी पीडितले आफ्ना समस्या र बचत रकम फिर्ताबारे जवाफ मागेका हुन् ।

मतदाताले सहकारी ठगी र पीडितको पीडाबारे जवाफ मागेपछि खरेल चुपचाप नजिकैको एक होटलमा प्रवेश गरेको बताइएको छ। त्यसपछि आक्रोशित पीडितहरू होटेलबाहिरै प्रदर्शनमा उत्रिएका हुन् ।

स्थानीय चेतनाथ शर्माको नेतृत्वमा भेला भएका पीडितहरूले ‘जेनजीका माग पूरा भए ?’, ‘हामीले खाई–नखाई जम्मा गरेको रकम कहिले फिर्ता हुन्छ ?’, ‘सहकारी ठगीको जिम्मेवार को?’, ‘तिम्रो नेता खोइ?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

उनीमाथि भदौ २४ गतेको जेन जी विध्वंशका क्रममा सर्वोच्च अदालत जलाउन भदौ २३ मा ह्वाट्सएप र सामाजिक सञ्जालमा उक्साएको आरोप लागेको छ । स्थानीय मतदाताले खरेलमाथि सहकारी प्रकरणबारे स्पष्ट धारणा सार्वजनिक गर्न दबाब बढाएका छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖