झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले हालसम्म चुनावी वातावरण पूर्ण रूपमा बनेको नदेखिएको बताएका छन्।
आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनाव भए आफ्नो पार्टी सहभागी हुने स्पष्ट पारे। तर, चुनावको वातावरणबारे सरकार नै बढी जानकार हुनुपर्ने भन्दै अहिलेको अवस्था हेर्दा अझै तयार जस्तो नलागेको उनको भनाइ छ।
ओलीले चुनाव त हुने विश्वास व्यक्त गर्दै अभियानका क्रममा सकेसम्म सबै ठाउँमा पुग्ने पनि बताए।
