• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्किचुहा घर भएर काठमाडौँको डल्लु बस्ने ४७ वर्षीय नरेन्द्र बहादुर विक भनिने नरेन्द्र बहादुर रिजाल रहेका छन् ।

उनलाई बुधबार काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले बताए ।

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । विकमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖