दाङको तुलसीपुरमा एमालेको झण्डा ज’लाइ’एको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संलग्नता नभएको स्पष्ट पारेको छ।
रवि लामिछानेको स्वागतका क्रममा घटना भएको भिडिओ सार्वजनिक भएपछि रास्वपाले खण्डन गरेको हो।
एमाले महासचिव शंकर पोखरेलको गृहनगरमा भएको उक्त कार्य निन्दनीय र अलोकतान्त्रिक भएको पार्टीको भनाइ छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न रास्वपाले माग गरेको छ।
