• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा सुस्ता गाउँपालिका उपसभापतिले पनि छाडे पार्टी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पार्टी परित्याग गरेका छन् ।

पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

ठकुरी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय नेतामा पर्दछन् । उनले रास्वपाका जिल्ला सभापतिलाई लेखिएको राजीनामा पत्रमा पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् ।

‘आजको मितिसम्म आइपुग्दा पार्टीको भनाइ र गराइमा पारदर्शीता नदेखिएको र अवसरवादीहरूको चंगुलमा पार्टी फस्दै गएको महसुस भएको हुँदा म यस सुस्ता गापाको उपसभापति तथा साधारण सदस्यसमेत नरहने गरी आजैका मितिबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ ठकुरीले पत्रमा लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖