• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बालेन शाहले हार्नु राम्रो हो : झलनाथ खनाल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत हासिल गर्ने दाबी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नेकपाले १३८ सिट जितेर सरकार गठन गर्ने जिकिर गरे।

‘आगामी निर्वाचनमा नेकपाले १३८ सिटसहित बहुमत ल्याउँछ,’ खनालले भने, ‘हाम्रो पार्टी राष्ट्रिय दल मात्र होइन, देशकै निर्णायक शक्तिको रूपमा उदाउँदैछ। जनताको विश्वास र समर्थन हाम्रो पक्षमा मजबुत रूपमा उभिएको छ।’

रास्वपाका वरिष्ठ नेता बालेन शाहबारे सोधिएको प्रश्नमा खनालले संक्षिप्त प्रतिक्रिया दिए। ‘बालेन शाहले हार्नु त राम्रो कुरा हो, तर हेरौं अन्ततः के हुन्छ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सक्रियता र बढ्दो प्रचारबारे टिप्पणी गर्दै खनालले यसलाई “विदेशी चलखेल” को संज्ञा दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖