• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रन्जितलाई प्रचण्डको फोन : झापा–५ कसैलाई छाड्दैनौं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ मा कुनै दलहरूसँग सहकार्य नहुने बताएका छन् ।

बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न समेत आग्रह गरेका छन् ।

प्रचण्डसँग केहीबेर अघि मात्रै फोनवार्ता भएको तामाङले बताए ।

‘मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ । बाहिर जे बजारमा हल्ला आएको छ । कहीँ पनि अलाएन्स हुँदैन पनि,’ प्रचण्डले आफूलाई फोनमा भनेको कुरा उद्धृत गर्दै तामाङले भने, ‘कुनै पनि छलफल कुराकानी भएको छैन र हुँदैन पनि । हामी दृढतापूर्वक लागौं भन्नुभएको छ ।’

साथै, प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनले जानकारी गराए । फोनवार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागिएको र त्यसमा प्रचण्डलाई पनि सहभागीका लागि आग्रह गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖