• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

को हुन् इरानको अन्तरिम परिषद्‌मा नियुक्त आयतुल्लाह अराफी ?


  • धनकुटा खबर
  • .

तेहरान । इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अमेरिका–इजरायल आक्रमणमा मृत्यु भएपछि यतिबेला सो पद रिक्त छ । नयाँ सर्वोच्च नेताको चयन नहुँदासम्मका लागि शक्तिशाली संवैधानिक निकायका एक सदस्य आयतुल्ला अलिरेजा अराफीलाई सो पदमा नियुक्त गरिएको छ ।

उनलाई ३ सदस्यीय अस्थायी परिषद्‌मा नियुक्त गरिएको हो । ६७ वर्षीय अराफी शक्तिशाली संवैधानिक निगरानी निकाय गार्डियन काउन्सिलका सदस्य हुन् । यो समितिले भविष्यमा नयाँ सर्वोच्च नेता छनोट गर्ने भूमिका पनि निर्वाह गर्नेछ । उनलाई शक्तिशाली मध्यस्थ निकाय एक्सिपडियन्सी काउन्सिलले परिषद्‌मा नियुक्त गरेको हो ।

अब अराफीले कडा धारका धर्मगुरु तथा न्यायपालिका प्रमुख गुलाम–होसैन मोहसेनी–एजेई र राष्ट्रपति मसुद पेजेशकियनसँग मिलेर अन्तरिम परिषद्‌मा काम गर्नेछन् । यसैबिच, इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्स (आईआरजीसी) र सुरक्षा प्रमुख अलि लारीजानीले पनि निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर शक्तिको वास्तविक सन्तुलन कता हुन्छ भन्ने अझ स्पष्ट भइनसकेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

उता, आईआरजीसीका दोस्रो प्रधान कमान्डरको पनि हत्या भएको बताइएको छ । उनको एक वर्षभन्दा कम अवधिमा हत्या भएको बताइएको छ ।

त्यस्तै शक्तिशाली सैन्य आर्थिक सङ्गठनको नयाँ प्रमुख अझै घोषणा गरिएको छैन । आईआरजीसीसँग सम्बद्ध टेलिग्राम च्यानलहरूले सो पदमा यसअघि उपप्रमुख रहेका अहमद वहीदीलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖