मोबाइल प्रविधिको सबैभन्दा ठूलो प्रदर्शनी मोबाइल वर्ल्ड कंग्रेस २०२६ का क्रममा यसपटक स्मार्टफोन उद्योगमा अनौठो आविष्कार देखिने भएको छ ।
उक्त प्रदर्शनीमै चिनियाँ प्रविधि कम्पनी युलेफोनले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । ‘युलेफोन रगवन एक्सस्न्याप ७ प्रो’ नामक उक्त फोन संसारकै पहिलो यस्तो स्मार्टफोन हुनेछ, जसको क्यामेरालाई फोनबाट बाहिर निकालेर एक्शन क्यामेराजस्तै गरी प्रयोग गर्न सकिन्छ ।
कम्पनीले सार्वजनिक गरेको टीजर र प्रेस विज्ञप्तिअनुसार सोमबार मार्च २ देखि बार्सिलोनामा सुरु हुने मोबाइल वर्ल्ड कंग्रेसमा यो फोन स्तुत हुन सक्नेछ ।
अहिलेसम्म बजारमा शक्तिशाली क्यामेरा भएका थुप्रै स्मार्टफोन आए पनि क्यामेरालाई नै फोनबाट अलग गरेर स्वतन्त्र रूपमा प्रयोग गर्न मिल्ने सुविधा भने पहिलोपटक देखिन लागेको हो।
