• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुनको बाकसमा राखेर ड्रग लर्ड एल मेन्चोको अन्त्येष्टि


  • धनकुटा खबर
  • .

ग्वाडालाजारा । मेक्सिकोका सबैभन्दा खतरनाक मानिने लागुऔषध तस्कर नेमेसियो ओसेगुएरा सर्भान्तेस ‘एल मेन्चो’ को अन्त्येष्टि भव्य तर तनावपूर्ण वातावरणमा सम्पन्न भएको छ। ५९ वर्षीय यी ‘ड्रग लर्ड’ को अन्तिम बिदाइमा उनलाई सुनको बाकसमा राखेर गाडिएको छ।

फेब्रुअरीको अन्त्यतिर मेक्सिकोको विशेष सुरक्षा बलसँगको भिडन्तका क्रममा गम्भीर घाइते भएका एल मेन्चोको उपचारका क्रममा मृत्यु भएको हो। उनी मेक्सिकोको सबैभन्दा कुख्यात र शक्तिशाली जालिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी) का संस्थापक तथा प्रमुख थिए। उनको टाउकोको मूल्य अमेरिकाले १ करोड ५० लाख डलर तोकेको थियो।

मेक्सिकोको ग्वाडालाजारा नजिकै भएको अन्त्येष्टि कार्यक्रममा सयौँको संख्यामा मानिसहरू सहभागी भएका थिए। सो क्रममा एल मेन्चोको सोखलाई सम्मान गर्दै भालेको आकारमा बनाइएको ठूलो पुष्पगुच्छा चर्चाको विषय बन्यो। उनी कुखुरा जुधाउने खेलका ठुला सौखिन थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖