• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इरानका नयाँ नेता पनि ‘निशानामा’


  • धनकुटा खबर
  • .

तेल अभिभ । इजरायली रक्षा मन्त्री इजरायल कट्जले इरानमा धार्मिक शासनद्वारा नियुक्त हुने कुनै पनि नेता पूर्ण रूपमा नष्ट गर्ने लक्ष्य रहेको बताएका छन् । यसका लागि उनले इजरायली सेना (आईडीएफ) लाई आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका हुन् ।

उनले यो कार्य इजरायली–अमेरिकी संयुक्त लक्ष्यको हिस्साको रूपमा हुने र नाम वा स्थानले कुनै पनि महत्त्व नराख्ने बताए । ‘उसको नाम के हो वा उ कहाँ लुकेको छ, त्यसले कुनै अर्थ राख्दैन,’ कट्जले भने, ‘हामी पूर्ण शक्तिसहित हाम्रा अमेरिकी साझेदारहरूसँग मिलेर त्यहाँको शासनको क्षमता समाप्त पार्न, इरानी जनता यसलाई उखेल्न र नयाँ व्यवस्था स्थापना गर्न सक्षम हुने अवस्था सिर्जना गर्ने कार्य जारी राख्नेछौँ ।’

इरानमा खामेनीको निधनपछि वरिष्ठ धार्मिक विद्वानहरूको निर्वाचित समूहले नयाँ सर्वोच्च नेता चयन गर्न भर्चुअल रूपमा बैठक गर्दै आएको छ । खामेनीले आधिकारिक रूपमा आफ्नो उत्तराधिकारी घोषणा गरेका थिएनन् ।

इजरायल र अमेरिकाले अब इरानी जनताले लोकतान्त्रिक सरकार स्थापना गर्ने र क्षेत्रीय शान्ति पुनर्स्थापना गर्ने अवस्था सिर्जना गर्ने दाबी गरेका छन् । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा पनि भेनेजुएलाका मदुरोको हविगतको जस्तै परिणाम आउन सक्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖