• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इरानद्वारा कतारमा रहेको अमेरिकी सैन्य बेसमा मिसाइल प्रहार


  • धनकुटा खबर
  • .

एजेन्सी । इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा मिसाइल प्रहार गरेको छ ।

कतारको रक्षा मन्त्रालयले इरानतर्फबाट प्रहार गरिएका दुई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको थियो।

मन्त्रालयका अनुसार, तीमध्ये एउटा मिसाइललाई कतारको एयर डिफेन्स सिस्टमले आकाशमै मारेर निष्क्रिय पारेको थियो।

अर्को मिसाइल अल उदेद एयर बेसमा खसेको छ, जुन क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य ठाँउ रहेको छ।

आक्रमणमा कसैको ज्यान गएको वा घाइते भएको सूचना नआएको कतारी सरकारले बताएको बीबीसीले उल्लेख गरेको छ ।

अहिलेसम्म यस विषयमा अमेरिकाबाट कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖