• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु


  • धनकुटा खबर
  • .

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ ।

श्रीलंकाली सरकारले दिएको जानकारी अनुसार यस हमलामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको छ ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडोले निशाना बनाएर डुबाएको पुष्टि गरेका छन् ।

श्रीलंकाली नौसेनाले दुर्घटनास्थलबाट ३२ जना घाइते नौसैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको छ । जहाजमा लगभग १८० नौसैनिक सवार थिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

यो इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरनेशनल फ्लिट रिभ्यूमा सहभागी भई फर्कँदै थियो ।

श्रीलंकाली अधिकारीहरूले अल जजिरालाई बताएअनुसार बुधबार बिहान करिब ६ देखि ७ बजे (भारतीय समय अनुसार) मद्दतका लागि सन्देश पठाइएको थियो । जहाज दक्षिणी श्रीलंकाको गाले सहरबाट करिब ४० समुद्री माइल (लगभग ७५ किलोमिटर) टाढा रहेको बेला यो घटना भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖