• Monday 5th of October 2026

मेरो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु: रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका छन् ।

लामिछानेले ह्याक गर्न पटकपटक प्रयास भए पनि अहिले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका हुन् ।

‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु । सबैलाई धन्यवाद ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖