• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालेनले गरे काठमाडौँको सिनामंलस्थित अन्नपूर्ण विनायक स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आफ्नो मत खसालेका छन्। उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

बिहान साढे ७ बजे मतदान केन्द्र पुगेका बालेनले मतदान प्रक्रिया पूरा गरेका थिए। मतदानपछि उनले निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।

रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनाएको छ। मतदान सम्पन्न गरेपछि उनी आजै आफ्नो उम्मेदवारी रहेको झापा–५ निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहानदेखि मतदान जारी रहेको छ। विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖