काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन्।
उनले काठमाडौँ–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौरस्थित मतदान केन्द्रबाट भोट हालेका हुन्।
बिहानै मतदान केन्द्र पुगेका लामिछानेले मतपेटिकामा ढोगेर मतपत्र खसालेका थिए।
मतदान सम्पन्न गरेपछि उनी चितवनतर्फ प्रस्थान गरेका छन्।
