• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अबूधाबीमा ड्रोनको भग्नावशेष खसेर नेपालीसहित ६ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को अबूधाबीमा ड्रोन खसालिएपछि खसेको भग्नावशेष लागेर एक नेपालीसहित छ जना घाइते भएका छन् ।

अबूधाबीको सञ्चार कार्यालयका अनुसार हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई आकाशमै रोकेको थियो । तर त्यसपछि ड्रोनका भग्नावशेष क्षेत्रका दुई स्थानमा खसेका थिए ।

ती भग्नावशेष लागेर छ जना घाइते भएका जनाइएको छ । घाइते हुनेहरू पाकिस्तान र नेपालका नागरिक रहेको बताइएको छ ।

घाइते सबैलाई सामान्य चोट लागेको र उपचारपछि अवस्था सामान्य रहेको सञ्चार कार्यालय जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖