• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ओली हटाउन कस्सिए विष्णु पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गरेका छन्।

रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले आज विज्ञप्तिमार्पत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रुपान्तरण गर्न आग्रह गरेका छन्।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु भनेका छन्।

उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गरेका छन्।

“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्ने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्ने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यत्तल गर्दछु”, उनले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖