• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

समानुपातिकतर्फको मतगणना सकियो,कुन दलले कति पाए ?


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ। इलाम १ को समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएसँगै मतगणना सकिएको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फ अन्तिम मत ल्याउने सबै राजनीतिक दलको विवरण केही बेरपछि प्रकाशन गरिनेछ। समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको उनले बताए । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने उनको भनाई छ ।

यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ ।

नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖