• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एमाले उपमहासचिव योगेश भट्टराईलाई गण्डकीका मन्त्री पाठकले एजेन्ट भनेपछि…


  • धनकुटा खबर
  • .

पोखरा । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावी समीक्षा गर्दै नेतृत्वको राजीनामा र पार्टी पुनर्गठनको एजेन्डा सुरु गरेका छन् ।

उनले विभिन्न मिडियाहरूमा आफ्ना विचार राख्दै पार्टीलाई पुनर्गठन गर्ने र नेतृत्व त्यसका लागि तयार नभए अप्रिय निर्णय लिने बताएका थिए ।

सोही सन्दर्भलाई लिएर गण्डकीका स्वास्थ्य मन्त्री तथा एमाले नेता कृष्ण पाठकले उनलाई अमुक शक्ति केन्द्रबाट सञ्चालित एजेन्ट भन्दै आरोप लगाएका छन् । उनले पार्टी करेक्सन हुनुपर्ने भए पनि भट्टराईले गरेको टिप्पणी गलत भएको बताए ।

‘एमाले करेक्सन हुनुपर्छ र हुन्छ पनि । तर योगेश जस्तो अराजक, असहिष्णु, चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेन्टको अराजक अभिव्यक्तिलाई अनुशासनको दायरामा तान्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । पाठक अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖