काठमाडौ । रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरू गरेका छन् ।
रास्वपाले आमनिर्वाचनमार्फत स्पष्ट बहुमत ल्याइसकेको छ ।
प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सांसदको सुदृढ समर्थनमा बालेन प्रधानमन्त्री बन्ने छन् । थप दुई सांसदले रास्वपा सरकारलाई समर्थन गरेमा दुई तिहाइ बहुमत नै पुग्छ ।
यस अर्थमा बालेन नेपालको संसदीय इतिहासमै शक्तिशालीमध्येका प्रधानमन्त्री बन्नेछन् ।
