• Monday 23rd of November 2026

इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, चार जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं। इराकमा अमेरिकी सेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले यस घटनाबारे जानकारी दिएको हो।

दुर्घटनामा परेको विमान बोइङ केसी–१३५ स्ट्राटोट्याङ्कर प्रकारको रिफ्युलिङ (इन्धन भर्ने) विमान रहेको बताइएको छ। यो विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको हो।

युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मार्च १२ का दिन दिउँसो करिब २ बजे उक्त विमान दुर्घटनामा परेको जनाएको छ।

विमानमा सवार छ जना चालकदलका सदस्यहरूमध्ये चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य सदस्यहरूको उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ।

कमान्डका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। यो दुर्घटना शत्रु पक्षको गोलीबारी वा आफ्नै सेनाको गोलीबारीका कारण नभएको कमान्डले जनाएको छ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले विस्तृत अनुसन्धान अघि बढाइरहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖