• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले अर्को हप्ता इरानमाथि भीषण आक्रमण गर्ने ट्रम्पको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता इरानमाथि भीषण आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा अमेरिकाले अर्को हप्ता ‘इरानमाथि धेरै शक्तिशाली आक्रमण गर्ने दाबी गरेका हुन् ।

ट्रम्पले भने, ‘हामीले इरानलाई पहिले नै यति धेरै क्षति पुर्‍याइसकेका छौँ कि उनीहरूलाई फेरि पहिलेकै अवस्थामा फर्कन वर्षौँ लाग्नेछ।’ जब उनलाई युद्ध कहिले सकिन्छ भनेर सोधियो, उनले जवाफ दिए, ‘जब मलाई त्यस्तो महसुस हुनेछ, तब युद्ध सकिनेछ ।’

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको बारेमा टिप्पणी गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ उनी घाइते भएका छन्, तर सायद उनी कुनै न कुनै रूपमा जीवितै छन्।’ स्ट्रेट अफ हर्मुजु को सन्दर्भमा ट्रम्पले आवश्यक परेको खण्डमा अमेरिकाले त्यहाँबाट तेल ट्याङ्करहरूलाई सुरक्षा दिने बताए। उनले सबै कुरा राम्रो हुने आशा व्यक्त गर्दै भने ‘हेरौँ, के हुन्छ।’

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖