काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेशी तोकिएको छ।
आइतबार न्यायाधीश सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा पहिलो नम्बरमै उक्त रिटको पेसी तोकिएको हो।
पोखरेल अधिवक्ता हुँदा नागरिकतासम्बन्धी मुद्दामा लामिछानेको तर्फबाट बहस गरेका थिए। त्यसैले यो मुद्दामा उनले हेर्न नमिल्ने पनि हुन सक्छ। तर अहिलेसम्म सर्वोच्चको वेबसाइटमा प्रकाशित पेशी सूचिमा यो मुद्दा हेर्न मिल्ने हो कि नमिल्ने जनाइएको छैन।
युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मीसहित कानुनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
