• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा सचिवालय बैठकले मन्त्री चयनका विषयमा के निर्णय गर्‍यो?


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अव बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।

आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताए। उनले सांसदहरुले प्रमाणपत्र लिएर सपथ गरेपश्चातमात्रै सरकार गठन र मन्त्री चयनका बिषयमा छलफल हुने स्पष्ट पारे।

प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरुको बारेमा चासो रहनु स्वभाविक भएपनि अहिले नै मन्त्रालयगत दावी राख्नु राजनीतिक रुपमा व्यवहारिक नहुने दाबी गरे। उनले जनताले दिएको मतलाई सम्बोधन हुने गरि रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖