• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाबाट मुस्लिम क्लस्टरमा समानुपातिक उम्मेदवार पाँच जनामा तीन निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुस्लिम क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएका पाँचमध्ये तीन जना प्रतिनिधि सभा सदस्य हुने भएका छन् ।

रास्वपाले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा मुस्लिम समुदायबाट पाँच जनालाई उम्मेदवार बनाएको थियो । उक्त समुदायमबाट दुई जना पुरुष र तीन जना महिलाको नाम बन्दसूचीमा राखिएको छ ।

बाँकेका सैय्यद वकार अहमद शाह, कपिलवस्तुका मिर्जा राशिद वेग, चितवनकी समिना मिया, काठमाडौंकी अफ्सना बान र रौतहटकी गजाला शमिम मिकरानी समानुपातिकका उम्मेदवार छन् ।

जसमध्ये तीन जना समानुपातिकमा निर्वाचित हुने भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖