• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४ सयको मृत्यु, २५० बढी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ — पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा एयर स्ट्राइक (हवाई आक्रमण) गरेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमासमेत निशाना बनाएका छन् ।

आक्रमणमा परी ४ सय जना मारिएको र २५० जना घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ । रिपोर्ट्सका अनुसार दारुलअमान, अरजान कीमत, खैराखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकका कैयौं क्षेत्रमा विस्फोट र गोलीबारीका आवाजहरु सुनिएका छन् ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा नशामुक्ति अस्पतालमा बम खसालेको आरोप लगाएका छन् । यो आक्रमणलाई कडा रुपमा निन्दा गर्दै तालिबान सरकारले मानवताविरुद्धको अपराध बताएको छ भने पाकिस्तानले अफगानिस्तानको हवाई सीमाको उल्लंघन गरेको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖