• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालेन शाहको ‘नयाँ शैली’ सरकारको संकेत : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द


  • धनकुटा खबर
  • .

काठमाडौ । बालेन शाह प्रधानमन्त्री बन्ने तयारीसँगै परम्परागत राजनीतिक शैली तोड्ने रणनीतिमा देखिएका छन्। विशेष स्रोतका अनुसार उनले पद सम्हालेपछि २ वर्षसम्म छिमेकी देशको भ्रमण नगर्ने, तर आवश्यक पर्दा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई ‘वन–टु–वन’ कूटनीतिक भेटवार्ता गर्ने योजना बनाएका छन्।

प्रधानमन्त्री कार्यालयलाई कडाइका साथ चलाउने तयारी गर्दै उनले बिचौलिया, अनावश्यक भेटघाट र ठेकेदार समूहसँगको पहुँच पूर्ण रूपमा बन्द गर्ने नीति लिन लागेका छन्। औपचारिकता मात्रका कार्यक्रम, रिबन काट्ने जस्ता गतिविधिमा नजाने र पूर्ण रूपमा काममुखी शासन चलाउने उनको अडान छ।

सरकारको संरचना पनि छोटो र प्रभावकारी बनाउँदै करिब १२ -१५ मन्त्रालयमा सीमित गर्ने, राजनीतिक भागबण्डाभन्दा विषयगत विज्ञलाई प्राथमिकता दिने तथा आवश्यक परे विज्ञ सल्लाहकारमार्फत नीतिगत निर्णय लिने योजना तयार गरिएको छ।

यससँगै रबि लामिछाने पार्टी सञ्चालनमा केन्द्रित हुने र शाहले सरकार नेतृत्व सम्हाल्ने गरी कार्यविभाजनको आन्तरिक छलफलसमेत अघि बढेको स्रोतको दाबी छ।

समग्रमा, परम्परागत शैलीलाई चुनौती दिँदै परिणाममुखी, कडाइयुक्त र ‘लो-प्रोफाइल तर हाई-इम्प्याक्ट’ शासन चलाउने स्पष्ट संकेतका साथ बालेन शाहको प्रारम्भिक रोडम्याप तयार भएको बताइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖