• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हर्ककी सांसद रुविको अगाडि रास्वपाका सबै सांसद फेल


  • धनकुटा खबर
  • .

काठमाडौ । यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी २५ वर्षीया रुवीकुमारी ठाकुर । पेसाले इन्जिनियरिङ रुवी यसपटक बनेका सांसदहरूमध्ये सबैभन्दा उत्कृष्ट र क्षमतावान छिन्।

हालैको एक अन्तर्वार्तापछि सामाजिक सञ्जालमा उनलाई निकै बौद्धिक र प्रभावशाली भन्दै प्रशंसा भइरहेको छ।

उनको सफलताको कथा संघर्षले भरिएको छ। बुवाआमाले इट्टाभट्टामा काम गर्दै र सैलुन चलाएर उनलाई पढाएका थिए। त्यही मेहनतको फलस्वरूप उनी सानै उमेरमा संसदसम्म पुगेकी हुन्।

परिवारमा चार बहिनी र दुई भाइ रहेका छन् भने उनका बाबु हाल साउदी अरबमा वैदेशिक रोजगारीमा छन्। रुवीले मधेसका दहेज, बालविवाह र बेरोजगारी जस्ता समस्यालाई संसदमा उठाउने प्रतिबद्धता जनाएकी छन्।

“म सामान्य मान्छे हुँ, तर देशका लागि काम गर्ने सपना छ,” भन्ने उनको भनाइले युवापुस्तामा नयाँ आशा जगाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖