काठमाडौं । इजरायलका आपत्कालीन सेवाहरूका अनुसार दक्षिणी सहर अरदमा भएको इरानी क्षेप्यास्त्र आक्रमणमा ठूलो क्षति भएको छ।
‘म्यागेन डेभिड एडोम’ नामक आपत्कालीन सेवाका अनुसार आक्रमणपछि ८८ जनालाई अस्पताल भर्ना गरिएको छ।
तीमध्ये १० जना गम्भीर घाइते छन्, १९ जना मध्यम रूपमा घाइते छन्, र ५५ जनालाई सामान्य चोटपटक लागेको छ।
यी आक्रमणहरूपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अरदका मेयरसँग कुरा गरेका छन्। उनले यी आक्रमणहरूलाई ‘धेरै नै कठिन साँझ’ भनेका छन्।
नेतन्याहुले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो भविष्यका लागि चलिरहेको यस अभियानमा, आजको साँझ धेरै नै कठिन छ। मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयहरूसँग मिलेर हरेक आवश्यक सहायता उपलब्ध गराउन निर्देशन दिएको छु।’
