• Monday 5th of October 2026

साम्बाको घुँडाको न्युजिल्यान्डमा सफल शल्यक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौँ । फुटबलर सावित्रा भण्डारी (साम्बा)को घुँडाको सफल शल्यक्रिया भएको छ। भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी दिएकी छन्।

खाडी क्षेत्रमा वर्तमान अवस्था सहज नरहेकाले कतारस्थित एस्पेटार अस्पताल पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले उल्लेख गरेकी छन्।

उनका अनुसार अब चिकित्सकको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु हुने छ। अवस्था सामान्य भएपछि पुनः एस्पेटारमै रिह्याबलाई निरन्तरता दिने योजना रहेको उनले जनाएकी छन्।

उपचारका क्रममा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, क्लब तथा व्यवस्थापन टोलीले दिएको सहयोगप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै समर्थकबाट प्राप्त माया र साथले आफूलाई पुनरागमनका लागि थप ऊर्जा मिलेको उनले बताएकी छन्।

भण्डारीले अब सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित गर्ने उल्लेख गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖