• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।

प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ ।

‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।

उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖