• Friday 9th of October 2026

देउवा दम्पत्तीमाथि अनुसन्धानको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाविरुद्ध पनि अनुसन्धान सुरु भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

विभागले पूर्व प्रधानमन्त्री समेत रहेका देउवासहित उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा र उनको पूरै परिवारविरुद्ध अनुसन्धान सुरु गरेको हो ।

विभागले प्रमाण नष्ट हुन सक्ने भन्दै उनको घर भत्काउन रोक लगाएको छ ।

जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरिएको देउवाको बुढानीलकण्डसिथत घर केही दिनअघिदेखि भत्काउन सुरु गरिएको थियो । घर पुनर्निर्माणका लागि भत्काइएको बताइएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖