• Friday 9th of October 2026

महेश बस्नेतलाई पक्राउको माग


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन्।

बलात्कारको आरोप लगाउँदै बस्नेतविरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन्। उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा सचिव बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन्।

उनले कार्यालय परिसरमा पत्रकारसँगको कुराकानीमा नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन्। पहिले नै पक्राउ पर्नुपर्ने बस्नेतलाई केपी ओलीले आफूसँगै थुनामा स्याहार गर्न लैजान राखेको उनको आरोप छ।

‘मलाई हेरेर न्याय दिने होइन्, सयौं प्रमाण हेरेर न्याय दिनुहुन्छ भन्ने विश्वास छ। महेश बस्नेतलाई पक्राउ गर्न नसक्ने किन? लिखित जवाफ चाहिन्छ। बस्नेतलाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो।

ओलीले वुद्धी पुर्याएर आफूसँगै छोरालाई स्याहार गर्न लैजान राखेका थिए, सँगै बस्छन् अब।’ अब गोरखाबाट न्याय सुरु भएको बताउँदै उनले गृहमन्त्री सुधन गुरुङको कार्यसम्पादनको प्रसंसा गरिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖