• Friday 9th of October 2026

ओलीलाई तत्काल रिहा गर्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

ओलीकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

प्रहरीले ओलीलाई ज्यानसम्बन्धी कसुरअन्तर्गत शनिबार बिहान भक्तपुरस्थित गुन्डुबाट पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानूनी तथा गैरसंवैधानिक रहेको भन्दै थुनामुक्तको माग गर्दै राधिका शाक्यले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

निवेदकको रिट जारी गर्नु पर्ने हो वा होइन भन्ने विषयमा विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतको नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको छ ।

ओलीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार ५ दिनको म्याद थप गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖