• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एमाले संसदीय दलको नेतामा बादल र सुहाङको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् ।

ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको दलको बैठकमा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयनका लागि छलफल भइरहेको एक सांसदले जानकारी दिए । सहमति नभएको निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने ती सांसदले बताए ।

‘दलको नेतामा रामबहादुर थापालाई प्रस्ताव गरिएको छ । तर सुहाङजीले जेनजी आन्दोलनको भावना, संसदमा युवाहरूको बाहुल्यता रहेको अवस्थामा आफूलाई दलको नेता बनाएमा राम्रो सन्देश जाने बताउनुभएको छ । सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन हुन्छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंग्याइन्छ’, रातोपाटीसँग एक सांसदले भने ।

ती सांसदका अनुसार अहिले सर्वसम्मत रूपमा नेता चयन गर्न छलफलमै रहेका छन् । फागुन २१ मा भएको निर्वाचनमा एमालेले २५ सिट जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖