• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गृहमन्त्रीद्वारा लुम्बिनी प्रदेशका अबैध क्रसरहरू बन्द गर्न निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौ । गृह मन्त्रालयले लुम्बिनी प्रदेशभित्र रहेका अबैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरू तत्कालन बन्द गर्न परिपत्र गरेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत दीपककुमार आचार्यले नेपाल प्रहरी प्रधान कार्याल नकल, जिल्ला प्रशासन कार्यालयहरूलाई चैत १७ गते मंगलबार परिपत्र गरेका हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रोल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लालाई गृह मन्त्रालयले परिपत्र गरेर अबैध क्रसर उद्योगहरू तत्काल बन्द गर्न आदेशानुसार परिपत्र गरिएको शाखा अधिकृत आचार्यले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖