• Friday 9th of October 2026

सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् ।

उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

प्रलोपा स्रोतले अध्यक्ष परिषद्का सदस्य किरातीले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । तर, उनको राजीनामा स्वीकृत भइनसकेको स्रोत बताउँछ ।

तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖