• Sunday 4th of October 2026

कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौँ । कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् । पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् ।

घटनाबारे प्रस्ट पार्दै उनले भनेकी छिन्– ‘कुराकानी हुँदै जाँदा सागर लम्सालले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो संघर्ष सबै साझा गरेँ—रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ।’

उनी थप भन्छिन्– ‘जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, सबै हरायो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, आफ्नो परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि केही भनेँ भने मेरो परिवार टुट्छ कि भन्ने डर लाग्यो।’

पीडित युवतीले भनेकी छिन्– ‘यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु। र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।’

आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन। तर जसले मसँग यस्तो गलत गर्‍यो, उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस्।

उनले आफू सानैदेखि डिप्रेसन र एन्क्साइटीसँग संघर्ष गरिरहेको पनि उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖